नियम ८३
घरेलु श्रमिकको सार्वजनिक र साप्ताहिक बिदा
(१) घरेलु श्रमिकले वर्षमा बाह्र दिन पारिश्रमिक सहितको सार्वजनिक बिदा र हप्तामा एक दिन पारिश्रमिक सहितको साप्ताहिक बिदा पाउनेछ।
(२) कुनै कारणले घरेलु श्रमिकलाई साप्ताहिक बिदा वा सार्वजनिक बिदाको दिनमा काममा लगाउनु परेमा रोजगारदाताले त्यस्तो घरेलु श्रमिकलार्इ एक्काईस दिनभित्र सट्टा बिदा वा बढी समय काम गरे बापतको थप पारिश्रमिक दिनु पर्नेछ।
(३) उपनियम (१)  र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाता र श्रमिकबीच ऐन र यस नियमावलीको अधीनमा रही छुट्टै सम्झौता भर्इ घरेलु श्रमिकको रूपमा कार्यरत श्रमिकको हकमा सोही सम्झौता बमोजिम हुनेछ।